नेपालले सकेन : मैत्रीपूर्ण फुटबल सिरिज उपाधि बंगलादेशले जित्यो

काठमाडौं, मंसिर २
बंगलादेशले नेपालविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टाली बंगलादेशले नेपाललाई ०–० को बराबरीमा रोक्दै समग्रमा सिरिज २–० ले जित्दै मैत्रीपूर्ण उपाधि पोल्टामा पार्न सफल भएको हो । यसअघि गत शुक्रबार भएको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

आज भएको दोस्रो खेलमा नेपाल अघिल्लो खेलको नतिजा उल्टाउने दबाबसहित बंगलादेशविरुद्ध उत्रिए पनि घरेलु टोलीविरुद्ध गोल गर्न नसक्दा नतिजा घरेलु टोलीलाई सुम्पियो । सिरिज बराबरी गर्न नेपाललाई आज कम्तीमा ०–२ को जित आवश्यक थियो ।

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १८:४४
Loading...