नेसन्स लिग : स्वीडेनले क्रोएसियालाई हरायो

काठमाडौं, कात्तिक ३०
युइएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले स्वीडेनसँग नमिठो हार भोगेको छ । गत राति भएको समूह चरणको पाँचौं खेलमा स्वीडेनले आफ्नो घरेलु मैदानमा पाहुना टोली क्रोएसियामाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा स्वीडेनले २ गोल हान्दा १ आत्मघाती गोल पनि हानेको थियो ।

आफ्नो घरमा स्वीडेनका लागि खेलको ३६औं मिनेटमा युवा स्टार डेजान सुलुसेभ्स्कीले पहिलो गोल गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा स्वीडेनले अग्रता दोब्बर बनायो । थपिएको समयको दोस्रो मिनेटमा स्वीडेनका लागि मार्कुस ड्यानिलसनले गोल गरेपछि घरेलु टोलीले २–० को अग्रता बनायो । त्यसपछि खेलको ८१औं मिनेटमा स्वीडेनका गोलकर्ता ड्यानिलसनले आत्मघाती गोल गरेपछि स्वीडेनको खेल २–१ मा खुम्चियो ।

यससँगै स्वीडेनले प्रतियोगितामा पहिलो जित निकालेको छ । उसले यसअघिका ४ वटै खेल हारेको थियो । स्वीडेन ३ अंकसहित चौथो स्थानमा छ । क्रोएसिया पनि ३ अंकसहित तेस्रो स्थानमा छ । १३ अंक भएको फ्रान्स समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरिसक्दा १० अंक भएको पोर्चुगल भने उपाधि होडबाट आउट भइसकेको छ ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार ०८:२०
Loading...