सालाहलाई कोरोना भाइरस संक्रमण पुष्टि

एजेन्सी, कात्तिक ३०
इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका स्टार खेलाडी मोहमद सालाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । इजिप्टको राष्ट्रिय टिमले अफिसियल पुष्टि गर्दै सालाह कोरोनाबाट संक्रमित भएको बताएको छ । सालाह राष्ट्रिय टोलीको ड्युटीमा रहेका बेला उनमा कोरोना देखिएको हो । इजिप्टिएन फुटबल एसोसिएसनले सालाहको कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको बताएको छ ।

संघका अनुसार सालाहमा संक्रमण देखिए पनि लक्षण पनि नदेखिएको उल्लेख भएको छ । साथै, टिमका अन्य सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ । अफ्रिकन कप अफ् नेसन्सको छनौटअन्तर्गत इजिप्टले शनिबार टोबागोसँग अवे मैदानमा खेल्नुअघि उनमा कोरोना देखिएको थियो । सालाह संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेका छन् । उनले इजिप्टका दुई खेलसँगै लिभरपुलका कम्तीमा २ खेल गुमाउनेछन् ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार ०४:२५
Loading...