यस्तो हुनेछ आज राति पोर्चुगल र फ्रान्सको सम्भावित प्लेइङ–११

काठमाडौं, कात्तिक २९
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत आज राति एक ठूलो खेल हुँदैछ, जहाँ सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र सन् २०१८ को विश्व च्याम्पियन फ्रान्स आमनेसामने हुँदैछन् । यो व्यग्र प्रतीक्षाको खेल बनेको छ । यो खेल पोर्चुगलको लिस्वन सहरस्थित स्टाडिओ डा लुज रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

नेसन्स लिगमा यी दुई टोली लिग–ए–ग्रुप–३ मा रहेका छन् । हाल अंक तालिकामा ४ खेलपछि पोर्चुगल र फ्रान्स दुवै अपराजित रहेका छन् । दुवै टोलीको समान १०–१० अंक छ । तर, गोलअन्तरमा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगल र फ्रान्स दुवैले ४ खेल खेलिसक्दा ३ खेल जितेर १ खेल बराबरी गरेका छन् ।

पोर्चुगल र फ्रान्सको टिम समाचार

आज राति महत्त्वपूर्ण खेलमा उत्रिँदा घरेलु टोली पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पहिलो रोजाइको टोली उतार्नेछन् । आजकै खेलका लागि भनेर उनले यसअघि एन्डोराविरुद्धको मैत्रीपूर्ण खेलमा केही प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । सो खेलमा क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान छिरेका थिए ।

आफ्नो भूमिमा फ्रान्सविरुद्ध उत्रिँदा पोर्चुगिज टोलीमा आज रुई प्याट्रिसिओ गोल पोस्टमा फर्किनेछन् । त्यसैगरी, आज रक्षापंक्तिमा जोआओ कान्सेलो, रुबेन डाइज, फोन्टे, राफाएल गुरेरियोसहितका खेलाडी हुने सम्भावना छ । मिडफिल्डमा पेरेरिया, ब्रुनो फर्नान्डेज र कार्भाहालो हुन सक्नेछन् । आज फ्रन्ट लाइनमा कप्तान रोनाल्डो र जोआओ फेलिक्ससँगै बर्नान्डो सिल्भा हुने करिब–करिब पक्का छ ।

यता, पाहुना टोली फ्रान्सका लागि आज केही कठिनाइ छ । प्रशिक्षक डेडिएर डेस्च्याम्पसका लागि आज आफ्ना भरपर्दा युवा स्टार केलियन एमबाप्पे नहुने करिब पक्का छ । त्यसैगरी, बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेज पनि आज उपलब्ध हुनेमा शंका छ । यी ३ जनै खेलाडीको फिटनेसमा समस्या छ । आज फ्रान्सको आक्रमण लाइनमा एन्टोनी ग्रीजम्यान, एन्थोनी मार्सियालसँगै किङ्स्ले कोमानले सम्हाल्ने सम्भावना छ ।

फ्रान्सविरुद्ध पोर्चुगलको सम्भावित–११ (१–४–३–३)

पोर्चुगलविरुद्ध फ्रान्सको सम्भावित–११ (१–४–३–१–२)

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार १७:१३
Loading...