सनले जिते प्लेयर अफ् द मन्थ अवार्ड

काठमाडौं, कात्तिक २९
इंग्लिस क्लब टोटनह्यामका स्टार फरवार्ड सन हेङ मिनले प्लेयर अफ् द अवार्ड जितेका छन् । प्रिमियर लिगले दक्षिण कोरियन खेलाडीलाई अक्टोबर महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । अक्टोबर महिनाभरमा सनले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल र २ गोलमा असिस्ट गरेका थिए ।

सनले बर्नली र वेस्ट ह्यामविरुद्ध १–१ गोल गरेका थिए भने म्यानचेटर युनाइटेडलाई उसकै घरेलु मैदानमा १–६ ले हराउँदा २ गोल गरेका थिए । सो महिना उनी मात्रै ३ खेलबाट ६ गोलमा सोझै सहभागी भएका थिए । सनलाई सो अवार्ड टोटनह्यामले आगामी खेलमा म्यानचेस्टर सिटीविरुद्ध घरेलु मैदानमा खेल्ने खेलअघि प्रदान गरिनेछ ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार १५:५१
Loading...