नेपाल र बंगलादेशको खेल लाइभ हुने : फेसबुक र युट्युबमा यसरी हेरौं

काठमाडौं, कात्तिक २८
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दै छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा हुने एसियन कप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनौट खेलको पूर्वतयारीका रूपमा नेपालले बंगलादेशसँग यो खेल खेल्न लागेको हो ।

यस प्रतियोगितालाई मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ नाम दिइएको छ । बंगलादेशसँग नेपालले दुई खेल खेल्नेछ । आज पहिलो खेल भएपछि दोस्रो खेल आउँदो मंसिर २ गते हुने तालिका छ । कोरोना भाइरसको महामारीका कारण नेपालले पछिल्लो ८ महिनायता कुनै पनि खेल खेल्न पाएको छैन ।

नेपाल र बंगलादेशको हेड टु हेड तथ्यांक हेर्दा हालसम्म यी दुई टोलीले कूल १९ पटक खेलेका छन् । जसमा १२ खेलमा नेपाल बंगलादेशले जितेको छ भने नेपालले ६ खेल जित्दा १ खेल भने बराबरीमा सकिएको छ । नेपालले पछिल्लोपटक सन् २०१८ मा बंगलादेशसँग उसकै भूमिमा साफ च्याम्पियनसिपम नेपालले घरेलु टोलीलाई २–० ले हराको थियो ।

खेलबारे सम्पूर्ण जानकारी :

प्रतियोगिता – मैत्रीपूर्ण
खेल – बंगलादेश भर्सेस नेपाल
स्थान – बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका
समय – साँझपख ४ः४५ बजेदेखि (नेपाली समय)
लाइभ:
१) फेसबुक पेजमा लाइभ : T sports | Link : https://www.facebook.com/tsportsbd/
२) युट्युबमा लाइभ : T Sports | Link : https://www.youtube.com/watch?v=gj8fV8mGM20

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार ११:३६
Loading...