कतार विश्वकप छनौट : अर्जेन्टिना र पराग्वेको प्लेइङ–११

काठमाडौं, कात्तिक २७
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि अहिले साउथ अमेरिकी क्षेत्रमा छनौट खेल जारी छन् । यसअघि दुई चरणका खेल सकिएका छन् । नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहानबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् ।

शुक्रबार बिहान नेपाली समयनुसार ठीक ५ः४५ बजे अर्जेन्टिना र पराग्वेको खेल हुँदैछ । यो खेल अर्जेन्टिनाको घरेलु मैदानमा हुनेछ । सो खेलका लागि अर्जेन्टिनी टोलीमा कप्तान लिओनल मेस्सीसहितका खेलाडी छन् । पाउलो डिबाला र सर्जियो अगुएरो चोटका कारण टोलीमा नहुँदा एन्जल डि मारिया टोलीमा फर्किएका छन् ।

यसपटक इंग्लिस क्लब एस्टोन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले अर्जेन्टिनी टोलीमा पहिलो रोजाइका गोलकिपरका रूपमा पोस्ट सम्हालेछन् । तर, यस खेलमा लौटारो मार्टिनेजको फिटनेस राम्रो नरहेकाले खेल्नेमा उनले शंका छ । यदि उनले यो खेल नखेले मेस्सी र डि मारियासँग लुकास ओकाम्पसले सुरुआत गर्नेछन् ।

अर्जेन्टिनी टोलीमा अहिले मार्कोस रोजो, सर्जियो अगुएरो, पाउलो डिबाला, जुआन फ्योत र मार्कोस अकुना घाइते छन् । मार्टिनेज १०० प्रतिशत फिट छैनन् । यस खेलमा कुनै पनि खेलाडी प्रतिबन्धमा भने छैनन् ।

Argentina Predicted XI (4-3-3): Emiliano Martinez; Gonzalo Montiel, Lucas Martinez Quarta, Nicolas Otamendi, Nicolas Tagliafico; Giovani Lo Celso, Leandro Paredes, Rodrigo De Paul; Lionel Messi, Lautaro Martinez, Lucas Ocampos

Paraguay Predicted XI (4-3-3): Anthony Silva; Alberto Espinola, Gustavo Gomez, Fabian Balbuena, Santiago Arzamendia; Gaston Gimenez, Rodrigo Rojas, Mattias Villasanti; Alejandro Romero, Dario Lezcano, Miguel Almiron

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार २०:१५
Loading...