पोर्चुगलद्वारा ७ गोलको वर्षा : रोनाल्डोको १०२औं गोल !

काठमाडौं, कात्तिक २७
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा पोर्चुगलले एन्डोरालाई आफ्नो घरेलु मैदानमा ७–० को फराकिलो अन्तरले हरायो । लिस्बन सहरस्थित इस्टाडियो डा लुुज रंगशालामा भएको खेलमा पोर्चुगललाई जिताउन ५ जना खेलाडीले गोल गरे भने १ गोल उपहारमा पायो ।

यस खेलमा नियमित कप्तान क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान छिरेर अन्तर्राष्ट्रिय फुटबलमा करिअरको १०२औं गोल गर्न सफल भए । उनले खेलको ८५औं मिनेटमा हेडिङमार्फत् सो गोल गरेका थिए ।

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार ०३:२६
Loading...