वर्ष २०२० का टप–५० खेलाडीको सूची सार्वजनिक

एजेन्सी, कात्तिक २६
वर्ष २०२० का लागि वर्षका उत्कृष्ट फुटबल खेलाडीहरूको सूची सार्वजनिक भएको छ । चर्चित खेल सञ्चार संस्था ‘गोल’ले यस वर्षका लागि टप–५० खेलाडीको सूची सार्वजनिक गरेको हो । उसले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट खेलाडीको सूची घोषणा गरेको हो ।

‘गोल’ हरेक वर्ष महिला र पुरुषतर्फ दुवै विधाका उत्कृष्ट खेलाडीको सूची निकालेर पहिलो स्थानका खेलाडीलाई ‘गोल ५० बेस्ट प्लेयर अवार्ड’ समेत प्रदान गर्छ । यसपटक पुरुषतर्फ जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की सो सूचीको पहिलो स्थानमा रहेका छन् । गत सिजन उनले बार्यनका लािग कूल ४७ खेलबाट ५५ गोल गरेका थिए । उनकै उच्च प्रदर्शनको बलमा बार्यनले च्याम्पियन्स लिगसहित तीन प्रमुख उपाधि पनि जितेको थियो ।

लेवान्डोस्कीपछि दोस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन स्टार केभिन डे ब्रुयाने रहेका छन् । तेस्रो स्थानमा स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी रहँदा इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पाँचौं स्थानमा छन् । चौथो स्थानमा फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेइमार रहेका छन् । यहाँ टप–५० मध्ये टप–१५ खेलाडीको सूची राखिएको छ ।

15. Romelu Lukaku (Inter Milan)

14. Alexander-Arnold (Liverpool)

13. Sergio Ramos (Real Madrid)

12. Thiago Alcantara (Liverpool)

11. Joshua Kimmich (Bayern Munich)

10. Sadio Mane (Liverpool)

9. Thomas Muller (Bayern Munich)

8. Karim Benzema (Real Madrid)

7. Virgil van Dijk (Liverpool)

6. Kylian Mbappe (Paris Saint-Germain)

5. Cristiano Ronaldo (Juventus)

4. Neymar (Paris Saint-Germain)

3. Lionel Messi (Barcelona)

2. Kevin De Bruyne (Manchester City)

1. Robert Lewandowski (Bayern Munich)

प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार १८:०६
Loading...