लेवान्डोस्कीले जिते ‘गोल ५० बेस्ट प्लेयर अवार्ड’

काठमाडौं, कात्तिक २६
जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्कीले सिजन २०१९–२० को ‘गोल ५० बेस्ट प्लेयर अवार्ड’ जितेका छन् । चर्चित खेल सञ्चार संस्था ‘गोल’ले वार्षिक रूपमा पुरुष विधातर्फ दिँदै आएको सिजनकै सर्वोत्कृष्ट खेलाडीले पाउने अवार्ड यसपटक पोलिस फरवार्ड लेवान्डोस्कीले जितेका हुन् । यता, महिला फुटबलतर्फ यो अवार्ड इंग्लिस क्लब चेल्सीकी पर्निल हार्डपले जितिन् ।

लेवान्डोस्कीले यो अवार्ड जित्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन प्ले मेकर केभिन डे ब्रुयानेलाई पछि पारे । त्यसैगरी, यस अवार्डका लागि तेस्रो स्थानमा भने स्पेनिस क्लब बार्सिलोनाका लिओनल मेस्सी रहे ।

गत सिजन लेवानडोस्कीकै प्रेरणादायी प्रदर्शनमा बार्यनले युरोपियन च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जितेको थियो । उनले बुन्डेसलिगामा कूल ३४ गोल गरे भने सिजनभरमा बार्यनका लागि कूल ४७ खेलबाट ५५ गोल गरेका थिए । उनले २०२० को युइएफए बेस्ट प्लेयर अवार्ड पनि जितेका थिए ।

प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार १७:३५
Loading...