पाँच वर्षपछि आज नेदरल्यान्ड्स र स्पेन भिड्दै : कसले मार्ला बाजी ?

काठमाडौं, कात्तिक २६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज युरोपका दुई हेभिवेट टोलीहरू नेदरल्यान्ड्स र स्पेनको रोमाञ्चक खेल हुँदैछ । यो खेलका लागि नेदरल्यान्ड्सले स्पेनलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार आमस्र्डम एरिना रंगशालामा नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

मैत्रीपूर्ण भए पनि आजको खेल रोमाञ्चक हुने पक्का छ । दुवै टोलीमा युरोपका चर्चित खेलाडीहरू भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आज स्पेनलाई घरेलु मैदानमा स्वागत गर्दा डच टोलीमा प्रमुख डिफेन्डर भर्जिल भान डाइक चोटका कारण हुनेछैनन् । उनीबाहेक सबैजसो खेलाडी टोलीमा उपलब्ध छन् ।

यता, पाहुना टोली स्पेनको टोलीलाई सर्जियो रामोसले कप्तानी गर्नेछन् । उनको नेतृत्वमा युवा खेलाडीको टोली रहेको छ । स्पेनिस टोलीमा युवा स्टार अल्भारो मोराटालाई दुई वर्षपछि राष्ट्रिय टोलीमा डाकिएको छ भने यसअघि प्राथमिकतामा रहेका युवा स्टार अन्सु फाती घाइते भएकाले उनको स्थानमा मार्को एसेन्सियोलाई डाकिएको छ ।

नेदरल्यान्ड्स र स्पेन पछिल्लो समय सन् २०१५ मा खेलेका थिए । त्यसबेला भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा स्पेनलाई २–० ले हराएको थियो । ५ वर्षपछि यी दुई टोली आज राति पहिलोपटक भिड्न लागेका हुन् ।

प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार १६:५२
Loading...