मेस्सीले अर्जेन्टिनी टोलीमा प्रशिक्षण थाले

एजेन्सी, कात्तिक २५
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले राष्ट्रिय टोलीमा प्रशिक्षण थालेका छन् । आज मंगलबारदेखि मेस्सीले सहकर्मीसँगै प्रशिक्षण सुरु गरेका हुन् । मेस्सीसहितका खेलाडीले सामूहिक प्रशिक्षण गर्दै गरेको तस्बिर राष्ट्रिय टोलीको अफिसियल सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिएको छ ।

३ दिनअघि ला लिगामा रियल बेटिसविरुद्धको खेलपछि मेस्सी भोलिपल्टै राष्ट्रिय टोलीमा सहभागी हुन देश फर्किएका थिए । आफ्नो घरेलु मैदानमा भएको सो खेल बार्सिलोनाले ५–२ ले जितेकोमा मेस्सीले पनि २ गोल गरेका थिए ।

यस चरणमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत दुई छनौट खेल खेल्नेछ । कप्तान मेस्सीले यी दुवै खेल खेल्नेछन् । अर्जेन्टिनले पहिलो खेल शुक्रबार बिहान आफ्नो भूमिमा पराग्वेसँग खेल्नेछ । त्यसपछि दोस्रो खेल त्यसको ५ दिनपछि पेरुसँग उसकै घरमा खेल्नेछ ।

३४ वर्षीय मेस्सीले हालसम्म अर्जेन्टिनाका लागि कूल १४० खेल खेल्दै ७१ गोल गरेका छन् । यसअघि अर्जेन्टिनाले दुई खेल खेल्दा मेस्सीले १ गोल पेनाल्टीमार्फत् गरेका थिए ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १६:०७
Loading...