घाइते रोनाल्डो पोर्चुगिज टोलीमा सहभागी

एजेन्सी, कात्तिक २५
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका क्रिस्यिानो रोनाल्डो राट्रिय टोलीमा सहभागी भएका छन् । उनी आज मंगलबारदेखि टोलीमा सहभागी भएका हुन् । पोर्चुगलको राष्ट्रिय टिमको अफिसियल मिडियाले रोनाल्डोसहितका खेलाडी राष्ट्रिय टोलीमा सहभागी हुन आइपुगेको जनाएको छ ।

दुई दिनअघि क्लब युभेन्टसबाट सिरी ए लिगमा लाजियोविरुद्ध खेल्नेक्रममा ३५ वर्षका खेलाडीले चोट बोकेका थिए । चोट बोकेपछि रोनाल्डोले ७५औं मिनेटमा मैदान छाडेका थिए । रोनाल्डोको देब्रे खुट्टाको गोलीगाँठो र जोर्नीमा सामान्य समस्या देखिएको थियो । उनका चोट खास गम्भीर नरहेको रोनाल्डो आफैंले खेलपछि बताएका थिए ।

रोनाल्डो राष्ट्रिय टोलीमा फर्किए पनि उनले खेल्न सक्ने–नसक्ने बारेमा केही प्रष्ट भएको छैन । रोनाल्डोको चोटको विषयमा राष्ट्रिय टोलीकै मेडिकल टिमले बिस्तृतमा जाँच गरेपछि मात्रै उनले खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ ।

पोर्चुगिज मिडियाले भने रोनाल्डोको चोट खास नरहेकाले उनले पोर्चुगलका तीनमध्ये अन्तिम दुई खेल खेल्ने सम्भावना रहेको खबर दिएका छन् । रोनाल्डोले पहिलो मैत्रीपूर्ण खेल गुमाए पनि त्यसपछिका दुई खल खेल्ने सम्भावना प्रबल छ ।

पोर्चुगलले बिहीबार आफ्नो भूमिमा आन्डोरासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नोभेम्बर १४ मा युइएफए नेसन्स लिगमा आफ्नै भूमिमा फ्रान्ससँग खेल्नेछ भने त्यसको ३ दिनपछि क्रोएसियासँग उसकै भूमिमा खेल्ने तालिका छ ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार ११:५८
Loading...