सर्वाधिक गोलमा रोनाल्डो र लेवान्डोस्कीबीच रोचक प्रतिस्पर्धा

काठमाडौं, कात्तिक २४
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो यस वर्षको सर्वाधिक गोलकर्ताको सूचीमा चढेका छन् । ३५ वर्षका रोनाल्डो युरोपका टप–५ लगमा कूल २७ गोलसहित वर्ष २०२० को सर्वाधिक गोलकर्ता खेलाडी बनेका हुन् । अघिल्लो दिन सिरी ए लिग फुटबलमा रोनाल्डोले १ गोल गरेका थिए, जुन उनको यस वर्षको २७औं गोल थियो ।

सो गोलपछि रोनाल्डोले सर्वाधिक गोलकर्तामा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन् । लेवान्डोस्कीले यस वर्ष बार्यनका लागि कूल २६ गोल गरेका छन् । यहाँ उल्लेखित गोल संख्या क्लबका लागि मात्रै गरेको तथ्यांक हो ।

पहिलो नम्बरमा रोनाल्डो हुँदा दोस्रो स्थानमा ३१ वर्षका लेवान्डोस्की रहेका छन् । त्यसपछि तेस्रो स्थानमा इटालियन क्लब लाजियोका इटालियन खेलाडी सिरो इम्मोबिले रहेका छन् । उनले यस वर्ष यहाँसम्म आइपुग्दा क्लबका लागि सबैखाले प्रतियोगिताबाट कूल २२ गोल गरिसकेका छन् ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार १९:५०
Loading...