ह्यारी केनद्वारा नयाँ कीर्तिमानी कायम

काठमाडौं, कात्तिक २४
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनले नयाँ कीर्तिमान बनाएका छन् । उनी अब लिगमा १५० गोल पूरा गर्ने दशौं खेलाडी बनेका छन् । गत राति टोटनह्यामले वेस्ट ब्रुमलाई ०–१ ले हराउनेक्रममा टोटनह्यामका लागि केनले नै १ मात्रै निर्णायक गोल गरेका थिए ।

अवे मैदानमा भएको खेलमा केनले खेलको अन्तिम समय ८८औं मिनेटमा गोल गरेका थिए, जुन उनका लागि प्रिमियर लिगमा १५० औं गोल थिए । यो कोसेढुंगा पूरा गरेसँगै केन अब प्रिमियर लिगमा १५० गोलको आँकडा पूरा गर्ने १०औं खेलाडी बनेका हुन् ।

सन् २००९ देखि प्रिमियर लिग खेल्न थालेका केनले कूल २१५ खेल खेल्दै १५० गोल गरेका हुन् । सो दौरान उनले लगातार टोटनह्याबाटै खेलेका छन् । यता, जारी सिजन केनले प्रिमियर लिगमा ८ खेलबाट ७ गोल गरेर ८ असिस्ट पूरा गरेका छन् । युरोपा लिगमा ५ खेलबाट ६ गोल गरेका छन् ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार १०:१२
Loading...