लाजियो भर्सेस युभेन्टस : पहिलो हाफमा युभेन्टस ०–१ ले अघि

काठमाडौं, कात्तिक २३
इटालियन सिरी ए लिग फुटबलमा अहिले लाजियो र युभेन्टसको खेल जारी छ । लाजियोको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली युभेन्टसले ०–१ को अग्रता लिएको छ । प्रतिस्पार्धात्मक खेलमा युभेन्टसका लागि खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

मैदानको माथिल्लो क्षेत्रबाट जुआन काउडराडोले उत्कृष्ट कला देखाउँदै दिएको क्रस पासमा रोनाल्डोले हलुका टचमा बललाई जाली चुमाएका थिए । लाजियोका डिफेन्डरले घेरिएका रोनाल्डोले कठिन अवसरमा कुनै गल्ती नगरी आफ्नो काम सफल पारे । र, टिमलाई ०–१ को अग्रता दिलाए ।

पहिलो हाफमा रोनाल्डोले थप तीन अवसर पाएका थिए । पहिलो अवसरमा उनको खतरनाक प्रहार पोलभन्दा थोरै मात्रै बाहिर गएको थियो । त्यसपछि ४३औं मिनेटमा उनको शक्तिशाली प्रहार पोलमा लागेर फर्किएको थियो । त्यसपछि इन्जुरी समयमा पोस्टको तल्लो बार च्यापेर हानेको उनको शक्तिशाली फ्रि किक प्रहारलाई गोलकिपरले निकै कठिन बचाएपछि रोनाल्डोको गोल संख्या बढ्न पाए । यता, लाजियोले पहिलो हाफमा मात्रै २ अवसर बनायो । तर, उसका दुवै प्रयास युभेन्टसको रक्षापंक्ति निस्तेज पारिदियो ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार १८:०३
Loading...