प्रिमियर लिगमा आज म्यानचेस्टर सिटी र लिभरपुलको महाभिडत हुँदै

काठमाडौं, कात्तिक २३
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज सिजनकै सबैभन्दा ठूलो खेल हुँदैछ । जहाँ म्यानचेस्टर सिटी र लिभरपुल सिजनको पहिलो खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेलका लागि सिटीले साबिक च्याम्पियन लिभरपुललाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा लिभरपुल ७ खेलपछि १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उसले ७ मध्ये ५ खेल जितेर १ खेल हार्दा १ खेल बराबरी गरेको छ । यता, आजको घरेलु टोली सिटीले ६ खेल मात्रै खेलेको छ । ६ खेल सकिँदा उसले ३ खेल जितेर २ खेल बराबरी गरेको छ भने १ खेल हारेको छ ।

सिटीले पछिल्ला ५ खेलमध्ये २ खेल मात्रै जितेको छ । बाँकी ३ खेलमा उसले १ खेल हारेको छ भने २ खेल बराबरी गरेको छ । यता, आज सिटीको घरमा उत्रिन लागेको लिभरपुलले पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर १ खेल बराबरी गर्दा १ खेल हारेको छ ।

सिटी अफ् म्यानचेस्टर सिटी स्टेडियममा हुने यो खेल प्रतिस्पर्धात्मक र घम्साघम्सीपूर्ण हुने पक्का छ । यो प्रिमियर लिगकै सबसे ठूलो भिडन्त हुने भएकाले दुवै टोली यो खेल खेल्दा चर्को दबाबमा हुनेछन् भने दर्शकका लागि पनि यो खेल प्रतीक्षाको खेल हुनेछ । पछिल्लोपटक यी दुई टोली २०२० मै प्रिमियर लिगमा खेलका थिए, जहाँ सिटीले आफ्नो घरमा लिभरपुललाई ४–० ले हराएको थियो । लिभरपुल आज सिटीको सोही मैदानमा उत्रिँदा अघिल्लो हारको बदला लिने दाउमा हुनेछ ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार १४:०२
Loading...