जर्मनी र नेदरल्यान्ड्सविरुद्ध खेल्ने स्पेनको टोली घोषणा

एजेन्सी, कात्तिक २१
युरोपियन देश स्पेनले आगामी तीन खेलका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । आज शुक्रबार प्रमुख प्रशिक्षक लुइस इनिरकेले सर्जियो रामोसको कप्तानीा २५ सदस्यीय टोली घोषणा गरेका हुन् । स्पेनले आगामी तीन खेलमध्ये दुई खेल युइएफए नेन्स लिगअन्तर्गत र एक मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल नेपाली समयअनुसार नोभेम्बर ११ मा नेदरल्यान्ड्ससँग उसकै घरमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

त्यसपछि दोस्रो खेल नोभेम्बर १५ तारिखमा नेसन्स लिगअन्तर्गत स्वीट्जरल्यान्डसँग उस्कै भूमिमा खेल्ने तालिका छ । त्यसपछि दोस्रो खेल नोभेम्बर १८ तारिखमा आफ्नै भूमिमा जर्मनीविरुद्ध खेल्ने तालिका छ । हाल नेसन्स लिगमा स्पेन लिग–ए–ग्रुप–४ अन्तर्गत ४ खेलपछि ७ अंक बनाएर शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको जर्मनी दोस्रो र ६ अंक नै भएको युक्रेन तेस्रो स्थानमा छ । स्वीट्जरल्यान्डको खातामा २ अंक मात्रै छ ।

स्पेनको घोषित टोलीमा स्पेनिस रियल मड्रिडका सर्जियो रामोस, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डेभिड डि गेया, इंग्लिस क्लब म्यानचेस्टर सिटीका इरिक गार्सिया, स्पेनिस बार्सिलोनाका सर्जियो बुस्केट्स, सर्जी रोवेर्टो, अन्सु फाती, एथ्लेटिको मड्रिडका कोके, मार्कोस लोरेन्टो, इटालियन युभेन्टसका अल्भारो मोराटा, इंग्लिस क्लब उल्भ्सका अडामा ट्राओरेसहितका खेलाडी समेटिएका छन् ।

यस्तो छ स्पेनको पूरा टोली:

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार २०:४९
Loading...