ज्लाटन सिरी ए लिगको ‘प्लेयर अफ् द मन्थ’ घोषित

एजेन्सी, कात्तिक २१
इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच बेस्ट प्लेयर अफ् द मन्थ घोषित भएका छन् । आज सिरी ए लिगले स्वीडेनका ३९ वर्ष खेलाडीलाई अक्टोबर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित गरेको हो ।

ज्लटानलाई प्लेयर अफ् द मन्थ अवार्ड आइतबार लिगमा मिलान । भेरोनाको खेलअघि प्रदान गरिने छ । सो खेल मिलानको घरमा हुनेछ । ज्लाटनले अक्टोबर महिनामा २ खेलबाट ४ गोल गरेका थिए । उनले रोमाविरुद्ध र इन्टर मिलानविरुद्ध २–२ गोल गरेका थिए । उनका ४ मध्ये १ पेनाल्टी गोल थियो ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १७:४८
Loading...