पोर्चुगल र क्रोएसियाविरुद्ध खेल्ने फ्रान्सको टोली घोषणा

काठमाडौं, कात्तिक २०
युरोपियन देश फ्रान्सले आगामी तीन खेल खेल्ने आफ्नो राष्ट्रिय टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक डेडिएर डेस्च्याम्पसले आज २५ सदस्यीय टोली घोषणा गरेका हुन् । फ्रान्सको टोलीमा यसपटक प्रमुख गोलकिपर ह्युगो लोरिस, केलियन एमबाप्पे, क्लेमेङ लेङलेट, राफाएल भाराने, एन्गोलो कान्टे, पाउल पोग्बा, आड्रेन राबिओट, नबिल फेकिर, ओलिभर जिरुउड, एन्टोनी ग्रीजम्यान, एन्थोनी मार्सियालसहितका प्रमुख खेलाडी समेटिएका छन् ।

फ्रान्सले यसपटकको अन्तर्राष्ट्रिय ब्रेकमा एक मैत्रीपूर्णसहित ३ खेल खेल्ने तालिका छ । उसले पहिलो खेल नेपाली समयअनुसार नोभेम्बर ११ मा फिनल्यान्डसँग आफ्नो भूमिमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि युइएफए नेसन्स लिगमा पोर्चुगलसँग उसकै घरमा नोभेम्बर १५ तारिखमा खेल्ने तालिका छ । त्यसपछि तेस्रो खल स्वीडेनसँग नोभेम्बर १८ तारिखमा उसकै घरमा खेल्ने तालिका छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार २०:४३
Loading...