पहिलो हाफमा युभेन्टस १–० अघि : डर्टमुन्ड ०–३ ले अघि

काठमाडौं, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अहिले एकसाथ विभिन्न ६ खेल जारी छन् । ६ खेलमध्ये एक खेलमा इटालियन क्लब युभेन्टस र हंगेरीको क्लब फेरेन्सभारोसको खेल जारी छ । फेरेन्सभारोसको घरेलु मैदानमा युभेन्टसले ०–० को अग्रता लिएको छ । युभेन्टसका लागि खेलको सातौं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए ।

यता, अन्य खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले क्लब ब्रुगीलाई उसकै घरमा ०–३ ले पछि पार्दा क्रस्नोडारले सेभिल्लालाई उसकै घरमा १–२ ले पछि पारेको छ । त्यसैगरी, इंग्लिस क्लब चेल्सीले रेनेजलाई आफ्नो घरमा २–० ले पछि पार्दा जर्मन क्लब आरबी लेइपजिग र फ्रेन्च क्लब पिएसजीले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०२:४०
Loading...