पहिलो हाफमा बार्सिलोना १–० अघि : मेस्सीको अर्को पेनाल्टी गोल

काठमाडौं, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अहिले एकसाथ विभिन्न ६ खेल जारी छन् । ६ खेलमध्ये एक खेलमा स्पेनिस क्लब बार्सिलोना र युक्रेनको क्लब डाइनामो किभको खेल जारी छ । सो खेलमा घरेलु टोली बार्सिलोनाले सुरुआती १–० को अग्रता लिएको छ ।

खेल सुरु भएको पाँचौं मिनेटमै बार्सिलोनाका लिओनल मेस्सीले पेनाल्टीमार्फत् गोल गरेका हुन् । बक्समा किभका खेलाडीले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । यससँगै मेस्सीले यो सिजन बार्सिलोनाका लागि लगातार चौथो गोल पनि पेनाल्टीमार्फत् गरेका छन् ।

पहिलो हाफमा बार्सिलोनाका एन्टोनी ग्रीजम्यानले निकै सहज अवसरमा गोल गर्न चुकेका थिए । उनले बक्सभित्र अनमार्क अवस्थामा पाएको पासमा पोस्टबाहिर सट हानेका थिए ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०२:३१
Loading...