च्याम्पियन्स लिग : एथ्लेटिको मोस्कोसँग बराबरीमा रोकियो

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब एथ्लेटिको मड्रिड समूह चरणको तेस्रो खेलमा बराबरीमा रोकिएको छ । गत राति भएको खेलमा एथ्लेटिको रसियन क्लब लोकोमोटिभ मोस्कोसँग उसकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिन बाध्य भएको हो ।

मोस्कोको घरेलु मैदानमा एथ्लेटिकोले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नतिजा बराबरीमा चित्त बुझाउन बाध्य भयो । एथ्लेटिकोका लागि खेलको १८औं मिनेटमा जोसे जिमेन्जले गोल गरेर घरेलु टोलीविरुद्ध टिमलाई अगाडि बढाएका थिए ।

तर, खेलको २५औं मिनेटमा मोस्कोले पेनाल्टी पायो । जसमा मोस्कोका एन्टोन मिरानचुकले गोल गर्दै खेललाई पहिलो हाफमै १–१ बनाए । त्यसपछि दोस्रो हाफको बाँकी समयभरि नै दुवै तर्फबाट थप गोल नभएपछि खेल १–१ को बराबरीमा टुंगियो ।

अब यो बराबरीपछि एथ्लेटिकोले ३ खेलबाट मात्रै ४ अंक जोडेको छ । उसले ३ खेल जितेर एक खेल बराबरी गर्दा एकमा हार व्यहोरेको छ । ऊ अंक तालिकाको दोस्रो स्थानमा छ । मोस्को २ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०६:४३
Loading...