रियल भर्सेस मिलान : पहिलो हाफमा रियल २–१ ले अघि

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा अहिले स्पेनिस क्लब रियल मड्रिड र इटालियन इन्टर मिलानको रोमाञ्चक खेल जारी छ । रियलको टिम ‘बी’को घरेलु रंगशाला अल्फ्रेडो डे स्टेफानो रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोली रियलले २–१ को अग्रता लिएको छ ।

आफ्नो घरमा रियलले खेलको २५औ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । मिलानका खेलाडीले आफ्ना गोलकिपरलाई दिएको ब्याक पास ठाउँसम्म पुग्न नपाउँदै बेन्जेमाले बीचैबाट बल खोसेर गोलकिरपरलाई बिट गर्दै सहजै गोल गरेका थिए ।

त्यसपछि रियलका लागि खेलको ३३औं मिनेटमा कप्तान सर्जियो रामोसले हेडिङमार्फत् गोल गरे । कर्नर किकमा रामोसले सुन्दर फिनिसिङमा गोल गरेपछि रियल खेलमा २–० ले अघि रह्यो । तर, दोस्रो गोल गरेको २ मिनेटमै रियलले गोल खायो । मिलानका लागि लौटारो मार्टिनेजले लो सटमा निकै सुन्दर गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगियो ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०२:३२
Loading...