‘सर्वाधिक मूल्यवान्’ खेलाडीको सूची सार्वजनिक : को कति नम्बरमा ?

एजेन्सी, कात्तिक १८
विश्व फुटबलका यो समयका सबैभन्दा मूल्यवान् युवा खेलाडीको सूची सार्वजनिक भएको छ । ‘फुटबल अब्जरभेटरी संस्था सिआईईएस’ले सार्वजनिक गरेको ताजा रिपोर्टमा जर्मन क्लब बार्यन म्युनिखका लेफ्ट ब्याक अल्फोन्सो डेभिस सबैभन्दा मूल्यवान् युवा खेलाडी बनेका छन् ।

यससँगै डेभिस सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सबैभन्दा मूल्यवान् खेलाडी बनेका छन् । यस सूचीमा सन् २००० पछि जन्मिएका खेलाडीलाई मात्रै समेटिएको छ । क्यानडाका खेलाडी डेभिसको हालको मार्केट भ्यालु १८०.४ मियिन युरो छ । डेभिसले जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस खेलाडी जाडोन सान्चोलाई पछि पारेका हुन् ।

डर्टमुन्डका विंगर सान्चो दोस्रो स्थानमा छन् । उनको मार्केट भ्यालु १२५.६ मिलियन युरो रहेको छ । त्यसपछि तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती रहेका छन् । उनको मार्केट भ्यालु १२२.७ मिलियन युरो छ । चौथो स्थानमा जर्मन क्लब डर्टमुन्डकै नर्वेजियन अर्लिङ हल्यान्ड छन् । उनको मार्केट भ्यालु १२०.३ मिलियन युरो रहेको छ ।

यस्तो छ सर्वाधिक मूल्यवान् खेलाडीको सूची:

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार २०:०२
Loading...