आज रातिको खेलमा रियल मड्रिड र इन्टर मिलानको प्लेइङ–११

काठमाडौं, कात्तिक १८
च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति एक रोमाञ्चक खेल हुँदैछ, जहाँ स्पेनिस क्लब रियल मड्रिड र इटालियन इन्टर मिलान आमनेसामने हुँदैछन् । यो खेल रियलको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेलबाट रियल र मिलान दुवै पहिलो जित निकाल्ने दाउमा छन् । यसअघि दुवैले २–२ खेल खेले पनि कुनै खेल जित्न सकेका छैनन् । रियलले २ मध्ये एक खेल हारेर एक खेल बराबरी गरेको छ भने मिलानले दुवै खेल बराबरी गरेको छ । अन्तिम १६ को ढोका खुलै राख्न आज यी दुवै टोलीलाई जित आवश्यक छ । त्यसमा पनि रियल ज्यादा दबाबमा हुनेछ ।

हाल मात्रै १ अंकसहित आफ्नो समूहको सबैभन्दा पुछारमा रहेको रियल आज जित्न नसके वा पराजित भएको उसको अन्तिम १६ को यात्रा संकटमा धकेलिनेछ । तसर्थ, रियल आज कुनै पनि हालतमा यो खेल जित्ने दाउमा छ । खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि मिलानसँगको खेल फाइनलसरह हुने बताएका छन् ।

‘हामी अहिले जुन स्थितिमा छौं, त्यो खराब हो । दुई खेलबाट १ अंक मात्रै लिन सक्नुलाई हामी राम्रो मान्न सक्दैनौं,’ जिदानले भने, ‘मिलानसँगको खेलको ३ अंक हामीलाई अतिआवश्यक छ । हामी यस खेललाई फाइनल मानेर खेल्नेछौं,’ जिदानले भनेका छन् ।

आज रातिको खेलमा जिदानले यसअघि ला लिगामा हुएस्काविरुद्ध उतारेकै टिम उतार्ने सम्भावना छ । यसअघि लामो समयपछि मैदान फर्किएका इडेन हाजार्डसहितका प्रमुख खेलाडीलाई जिदानले पहिलो रोजाइमा खेलाएका थिए । आज महत्त्वपूर्ण खेलमा जिदानले टोली छनौटमा कुनै जोखिम मोल्नेछैनन् ।

मिलानविरुद्ध रियलको सम्भावित प्लेइङ–११

रियलविरुद्ध मिलानको सम्भावित प्लेइङ–११

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार १६:१८
Loading...