यी हुन् सर्वाधिक ‘ह्याट्रिक असिस्ट’ गर्ने टप–५ खेलाडी

एजेन्सी, कात्तिक १८
स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले केही दिनअघि मात्रै आफ्नो करिअरमा ३०० असिस्टको कीर्तिमानी कोसेढुंगा पूरा गरे । उनी अब फुटबल इतिहासमा अब ३०० असिस्ट गर्ने एक मात्रै खेलाडी बनेका छन् । यो तथ्यांकलाई हेर्दा पनि मेस्सी एक गोलकर्ता फरवार्ड मात्रै नभएर एक अद्भुत प्ले मेकर खेलाडी पनि हुन् भन्ने स्पष्ट हुन्छ ।

तर, युरोपियन टप–५ लिगमा सबैभन्दा धेरै ‘ह्याट्रिक असिस्ट’ गर्ने रेकर्ड भने ३०० असिस्ट गर्ने कीर्तिमानी मेस्सीका नाममा छैन । यो रेकर्ड हाल इंग्लिस क्लब आर्सनलमा रहेका जर्मन खेलाडी मेसुट ओजिलका नाममा छ । उनले आफ्नो करिअर दौरान युरोपियन लिगमा हालसम्म कूल ८ पटक ‘ह्याट्रिक असिस्ट’ गरेका छन् । अर्थात्, उनले ८ पटक एकै खेलमा ३ असिस्ट दिएका छन् ।

ओजिलले स्पेनिस क्लब रियल मड्रिडमा छँदा मात्रै ६ पटक ह्याट्रिक असिस्ट प्रदान गरेर रेकर्ड बनाएका थिए । जसमध्ये ला लिगामा ५ र च्याम्पियन्स लिगमा एक सामेल छ । ला लिगामा सबैभन्दा धेरै ५ पटक ह्याट्रिक असिस्ट गर्ने खेलाडीको रेकर्ड अझैसम्म पनि ओजिलकै नाममा छ । उनले रियलमा सिजन २०१०–११ देखि २०१३–१४ सम्म खेलेका थिए ।

ओजिलपछि धेरै ह्याट्रिक असिस्ट गर्ने खेलाडीमा सेस फाब्रीगास रहेका छन् । हाल फ्रेन्च क्लब मोनाकोबाट खेलिरहेका स्पेनिस खेलाडी उनले आफ्नो करिअरमा हालसम्म कूल ६ ‘ह्याट्रिक असिस्ट’ गरेका छन् । त्यसपछि तेस्रो नम्बरमा हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो छन् ।

उनले हालसम्म टप–५ लिगमा ५ पटक ह्याट्रिक असिस्ट गरेका छन् । रोनाल्डोले दुईपटक पूर्वक्लब म्यानचेस्टर युनाइटेडमा छँदा र ३ पटक रियल मड्रिडमा छँदा ह्याट्रिक असिस्ट गरेका छन् । यता, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पनि दुईपटक ह्याट्रिक असिस्ट गरेका छन् ।

चौथो नम्बरमा स्पेनिस बार्सिलोनाबाट खेलिरहेका लिओनल मेस्सी छन् । उनले १६ वर्षे करिअर दौरान ला लिगामा कूल ४ पटक ह्याट्रिक असिस्ट प्रदान गरेका छन् । उनी ला लिगाको इतिहासकै सर्वाधिक गोलकर्ता र असिस्टकर्ता खेलाडी हुन् । मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा पनि एक ह्याट्रिक असिस्ट गरेका छन् ।

फुटबलको तथ्यांक संकलन गर्ने चर्चित संस्था ‘ओप्टा’ले सार्वजनिक गरेको सबैभन्दा धेरै ह्याट्रिक असिस्ट गर्ने खेलाडीको तथ्यांक यहाँ छ, जुन टप–५ लिगको मात्रै हो । यो तथ्यांक अहिले पनि सक्रिय खेलाडीहरू मध्येबाट हो ।

  1. मेसुट ओजिल – ८
  2. सेस फाब्रिगास – ६
  3. क्रिस्टियानो रोनाल्डो – ५
  4. लिओनल मेस्सी ४
  5. नेइमार – ३

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार ०९:५०
Loading...