महत्त्वपूर्ण खेलअघि रियलका खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, कात्तिक १७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानसँगको खेलअघि स्पेनिस क्लब रियल मड्रिडका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित बनेका छन् । आज रियलले एक प्रेस नोट जारी गरेर ब्राजिलियन डिफेन्डर इडर मिलिटाओ कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको छ ।

मिलिटाओलाई संक्रमण देखिए पनि टोलीका अन्य खेलाडीलाई भने कोरोना संक्रमण नदेखिएको पनि रियलले जनाएको छ । यससँगै मिलिटाओले भोलि मंगलबार हुने मिलानविरुद्धको खेल गुमाउनेछन् । २२ वर्षका मिलिटाओ रिपोर्ट पोजेटिभ आउनासाथ होम आइसोलेसनमा बसेका छन् ।

रियल च्याम्पियन्स लिगमा समूह ‘बी’मा छ । रियलले यसअघि २ खेल खेलिसक्दा मात्रै १ अंक जोडेर सबैभन्दा पुछारमा छ । रियलले भोलि मिलानसँगको खेल आफ्नै घरेलु मैदानमा खेल्ने तालिका छ ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार २१:४३
Loading...