आज युनाइटेड र आर्सनलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, कात्तिक १६
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । सिजनको पहिलो लेगको खेलका लागि म्यानचेस्टर युनाइटेड र आर्सनल एकअर्काविरुद्ध उत्रिँदैछन् । यो खेलका लागि युनाइटेडले आर्सनललाई आफ्नो घरमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा युनाइटेड ५ खेल सकिँदा ७ अंक बनाएर १५औं स्थानमा छ । युनाइटेडले ५ खेलमध्ये २ खेल जितेर १ खेल बराबरी गर्दा २ खेल हारेको छ । यता, आर्सनलले यो सिजन ६ खेल खेलिसकेको छ । ६ खेलमध्ये आर्सनलले ३ खेल जितेर ३ खेल हारिसकेको छ ।

आज एकअर्काविरुद्ध उत्रिँदा युनाइटेड र आर्सनल दुवै चर्को दबाबमा हुनेछन् । उपाधि होड नत्र कम्तीमा पनि टप–४ को दौडमा रहने बलिया टोलीले लिगमा खराब सुरआत गरेकाले युनाइटेड र आर्सनल दुवै दबाबमा छन् ।

आज हुने खेल नेपाली समयमा :

एस्टोन भिल्ला भर्सेस साउथह्यामपटन – साँझ ५ः४५ बजे
न्युक्यासल भर्सेस एभर्टन – राति ७ः४५ बजे
म्यानचेस्टर युनाइटेड भर्सेस आर्सनल – राति १०ः१५ बजे
टोटनह्याम भर्सेस ब्राइटन – राति १ बजे

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १५:२९
Loading...