प्रिमियर लिगमा म्यानचेस्टर सिटीको तेस्रो जित

काठमाडौं, कात्तिक १५
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटीले तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको लिगको छैटौं खेलमा सिटीले अवे मैदानमा सेफिल्ड युनाइटेडमाथि ०–१ को साँघुरो जित निकालेको हो ।

अवे मैदानमा सिटीले सुरुआतबाटै आक्रामक खेल पस्किए पनि उसका थुप्रै अवसर खेर गए । पाहुना टोलीका लागि खेलको २८औं मिनेटमा केले वाल्करले गरेको १ मात्रै गोल सिटीलाई जिताउन काफी बन्यो । वाल्करले केभिन डे ब्रुयानेको असिस्टमा गोल गरेका थिए । उनले भली सटमा गोल गरेका थिए ।

सो गोलपछि खेलभरि दुवै तर्फबाट थप गोल नभएपछि खेल सिटीले ०–१ ले जित्यो । अब यो जितपछि सिटीले लिगका ६ खेलबाट ११ अंक जोडेर सातौं स्थानमा चढेको छ । पराजित सेफिल्ड ७ खेल सकिँदा मात्रै एक खेलमा बराबरी गरेर १९औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार २०:१७
Loading...