रोनाल्डोको दोस्रो कोरोना रिपोर्ट पनि नेगेटिभ

एजेन्सी, कात्तिक १५
इटालियन क्लब युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको आज भएको कोरोना भाइरसको जाँचको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । हिजो शुक्रबार पहिलोपटक उनको कोरोनाको रिपोर्ट नेगेटिभ आएको थियो । पहिलो रिपोर्टपछि गरिएको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको हो ।

कोरोना संक्रमित भएर पहिलोपटक नेगेटिभ रिपोर्ट आएपछि लगातार तेस्रोपटक रिपोर्ट नेगेटिभ आए मात्रै खेलाडीले खेल्न पाउने प्रोटोकल छ । तसर्थ, रोनाल्डोले खेल्नका लागि अझै एकपटक कोरोना जाँच रिपोर्ट नेगेटिभ आउनुपर्ने छ ।

आइतबार बिहान रोनाल्डोको तेस्रोपटक कोरोना जाँच हुनेछ । तेस्रो रिपोर्ट पनि नेगेटिभ आए उनले आइतबार राति सिरी ए लिगमा स्पेजियाविरुद्धको खेल खेल्ने अनुमति पाउनेछन् । कोरोना संक्रमित बनेपछि १७ दिनपछि रोनाल्डो हिजो कोरोनामुक्त बनेका थिए ।

कोरोनाका कारण रोनाल्डोले देश र क्लबका गरी ४ खेल गुमाइसकेका छन् । उनले यो सिजन युभेन्टसका लागि सुरुका २ खेलबाट ३ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् । रोनाल्डोले अब आइतबारको खेलपछि कमब्याक गर्ने करिब–करिब तय भएको छ ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार १९:४७
Loading...