ला लिगामा आज सेभिल्ला र एथ्लेटिको मड्रिडको खेल हुँदै

काठमाडौं, कात्तिक १५
स्पेनिस ला लिगा फुटबलमा आज केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये सेभिल्ला र एथ्लेटिको मड्रिडले पनि आ–आफ्नो खेल खेल्दैछन् । सेभिल्लाले आज आफ्नो छैटौं खेल खेल्नेछ भने एथ्लेटिकोले पनि छैटौं खेल नै खेल्नेछ ।

हाल अंक तालिकामा सेभिल्ला ५ खेलबाट मात्रै ७ अंक जोडेर १३औं स्थानमा छ भने एथ्लेटिको पनि समान खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ । सेभिल्लाले खेलेका ५ खेलमध्ये मात्रै २ खेल जितेर एक खेल बराबरी गर्दा २ खेल हारेको छ । उसले पछिल्ला २ खेल लगातार हारेको छ ।

यता, एथ्लेटिकोले सुरुआती ५ खेलमध्ये २ खेल जितेर २ खेल बराबरी गरेको छ । उसले हालसम्म लिगमा हार व्यहोरेको छैन । आजको खेल जिते एथ्लेटिकोले अंक तालिकामा स्थिति सुधार्नेछ ।

आजको खेल खेल्न सेभिल्ला १६औं स्थानको एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार रारति ठीक ९ बजेबाट सुरु हुनेछ । अर्को खेलमा एथ्लेटिको पाँचौं स्थानको ओसासुनाको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ११ः१५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ११:१९
Loading...