प्रिमियर लिगमा आज ठूला टोलीका खेल हुँदै

काठमाडौं, कात्तिक १५
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज ठूला टोलीका खेलहरू हुँदैछन् । लिगको सातौं साताका खेलअन्तर्गत आज म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुलले आ–आफ्नो खेल खेल्दैछन् । आजको खेलमा चेल्सी र सिटी चर्को दबाबमा हुनेछन् ।

आज सिटीले आफ्नो छैटौं खेल खेल्न लागेको छ । त्यसैगरी, चेल्सी र लिभरपुलले भने सातौं खेल खेल्नेछन् । हाल अंक तालिकाको शीर्ष स्थानमा ६ खेल खेलेको एभर्टन १३ अंकसहित रहेको छ । दोस्रो स्थानमा लिभरपुल १३ अंकसहित रहँदा चेल्सी ९ अंकसहित १०औं स्थानमा छ । यता, सिटी भने ५ खेलपछि मात्रै ८ अंक बनाएर १३औं स्थानमा रहेको छ ।

आजका खेल नेपाली समयमा

सेफिल्ड युनाइटेड भर्सेस म्यानचेस्टर सिटी – साँझ ६ः१५ बजे
बर्नली भर्सेस चेल्सी – राति ८ः४५ बजे
लिभरपुल भर्सेस वेस्ट ह्याम – राति ११ः१५ बजे

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ११:१८
Loading...