बार्सिलोनालाई राहत : टर स्टेगेन चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किए

एजेन्सी, कात्तिक १४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन र डिफेन्डर सामुएल उम्टिटी चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । बिहीबारबाटटदुवै खेलाडीले एकसाथ प्रशिक्षण थालेका हुन् । फ्रान्सका डिफेन्डर उम्टिटी गत जुलाई ३ देखि टोलीबाहिर रहेका थिए ।

यता, जर्मन गोलकिपर टर स्टेगेन करिब साढे दुई महिनादेखि टोलीबाहिर रहँदै आएका थिए । उनको घुँडामा समस्या आएपछि शल्यक्रिया गरिएको थियो । स्पेनिस मिडियाका रिपोर्टअनुसार उम्टिटी र टर स्टेगेन दुवैले एक सातापछि टोलीमा स्थान बनाउन सक्छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानलाई टर स्टेगेनको कमब्याक ठूलो राहत हुनेछ । सिजनको महत्त्वपूर्ण र ठूला खेल आउँदै गर्दा भरपर्दा गोलकिपर चोटमुक्त हुँदै फर्किएपछि बार्सिलोनाको रक्षापंक्तिमा सुधार आउनेछ । यसअघि उनको अनुपस्थितिमा ब्राजिलियन गोलकिपर नेटोले गोलपोस्ट सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०७:४०
Loading...