पहिलो हाफ : युभेन्टसको घरमा बार्सिलोना ०–१ ले अघि

काठमाडौं, कात्तिक १३
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अहिले इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाबीचको खेल जारी छ । युभेन्टसको घरेलु मैदान युभेन्टस रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली बार्सिलोनाले ०–१ गोललको सुरुआती अग्रता लिएको छ ।

सुरुआतबाटै आक्रामक खेल पस्किएको बार्सिलोनाका लागि खेलको १४औं मिनेटमा फ्रेन्च विंगर उसामान डेम्बेलेले लामो दूरीबाट रकेट सटमा सुन्दर गोल गरेका थिए । कप्तान लिओनल मेस्सीको असिस्टमा उनले हानेको कडा सट युभेन्टसका गोलकिपरले रोक्ने मौकासमेत पाएनन् । डेम्बेलेको सटले रिफ्लेक्ट हुँदै पोस्टको दिशा लिएको थियो ।

सो गोल खाएपछि युभेन्टसका २ गोलले मान्यता पाएनन् । दुवै गोल अल्भारो मोराटाले गरे पनि एक गोलमा ह्यान्ड बल भएको थियो भने अर्को गोल अफसाइड रहेकाले भिएआरबाट ती गोल रद्द गरिएको थियो । मोराटाले दुवै गोल निकै सुन्दर ढंगले गरेका थिए ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार ०२:३२
Loading...