यस्तो हुनेछ आज राति मोन्चेङ्लाड्वाकविरुद्ध रियलले उतार्ने प्लेइङ–११

काठमाडौं ,कात्तिक ११
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति विभिन्न ८ खेल हुँदैछन् । आज हुने खेलहरूमध्ये धेरैको नजर स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब मोन्चेङ्लाड्वाकको खेलमाथि छ । यो खेल मोन्चेङ्लाड्वाकको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

आज जर्मन क्लबको घरेलु मैदानमा उत्रिँदा रियल चर्को दबाबमा हुनेछ । यसअघि पहिलो खेल आफ्नै घरमा युक्रेनको क्लब शाख्तर डोनेट्स्टकसँग ०–१ ले हारेको रियल दोस्रो खेलमा मोन्चेङ्लाड्वाकलाई हराएर पहिलो जितका साथ ३ अंक जोड्ने दाउमा छ । यदि पराजित वा बराबरी भए रियलको संकट थप बढ्नेछ ।

मोन्चेङ्लाड्वाकले यसअघि इटालियन इन्टर मिलानसँग बराबरी खेलेर १ अंक जोडेको छ । हाल समह ‘बी’मा अंकविहीन टोली भनेको रियल मात्रै हो । शाख्तर ३ अंकसहित शीर्ष स्थानमा छ ।

च्याम्पियन्स लिगमा पहिलो खेल हारे पनि रियल आज रातिको खेल खेल्दा गर्दा उच्च मनोबलमा हुनेछ । किनभने, उसले ३ दिनअघि ला लिगामा इएल क्लासिको भिडन्तमा बार्सिलोनालाई १–३ ले हराएर लय समातेको छ । क्लासिको जितेको रियल आज सोही आत्मबल लिएर मोन्चेङ्लाड्वाकविरुद्ध खेल्नेछ ।

आज मोन्चेङ्लाड्वाकको घरमा उत्रिँदा रियलका कोच जिनेदिन जिदानले पहिलो रोजााइको टोली उतार्नेछन् । आजको खेलमा जिदानले यसअघि ला लिगामा बार्सिलोनाविरुद्ध उतारेकै टोली उतार्ने पक्का छ । तर, आज राति एक परिवर्तन पक्का छ । बार्सिलोनाविरुद्ध खेलेका राइट ब्याक नाचो घाइते भएकाले मोन्चेङ्लाड्वाकविरुद्ध लुकास भासक्वेज भरपर्दा विकल्प छन् । ड्यानी कार्भाहाल र ओड्रिओजोला यो खेल खेल्न अझै तयार फिट छैनन् ।

यता, लामो समयदेखि घाइते हुँदै आएका इडेन हाजार्डले आज राति यो सिजनको डेब्यु खेल खेल्ने पक्का छ । यो सिजन उनले चोटका कारण खेल्न पाएका छैनन् । तर मोन्चेङ्लाड्वाकविरुद्धको टोलीमा उनी परेका छन् । तर, जिदानले उनलाई सुरुआतमा नखेलाएर दोस्रो हाफमा बेन्चबाट खेलाउने सम्भावना छ ।

मोन्चेङ्लाड्वाकविरुद्ध रियलको सम्भावित सुरुआती सेट यस्तो हुनेछ :

प्रकाशित मिति ११ कार्तिक २०७७, मंगलवार १८:१४
Loading...