बन्यो रेकर्ड : रियल मड्रिड ‘इएल क्लासिको’ इतिहासकै सफल टिम !

काठमाडौं, कात्तिक ९
स्पेनिस क्लब रियल मड्रिड चर्चित खेल ‘इएल क्लासिको’ इतिहासमा सबैभन्दा सफल टिम बनेको छ । गत राति सिजनको पहिलो क्लासिको भिडन्तमा रियलले बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–३ को नमिठो हार चखाएपछि रियलका नाममा नयाँ कीर्तिमान बनेको हो ।

रियल मड्रिडले अब सबैभन्दा धेरैपटक क्लासिको जित्ने टिमको रेकर्ड बनाएको छ । उसले हालसम्म यो खेल ९७ पटक जितेको छ । गत रातिको खेलअघि रियल र बार्सिलोना दुवैका नाममा समान ९६–९६ जित थियो । तर, रियलले बार्सिलोनालाई हराएपछि रियल अब क्लासिको सबैभन्दा धेरै ९७ पटक जित्ने टिम बनेको छ ।

यी दुईले हालसम्म एअर्काविरुद्ध विभिन्न प्रतियोगितामा कूल २४५ पटक खेलेका छन् । जसमा रियलले ९७ जित प्राप्त गरेको छ भने बार्सिलोनाले ९६ पटक । हालसम्म ५२ खेल भने बराबरीमा रोकिएका छन् ।

अब क्लासिको इतिहासमा जितको शतक पूरा गर्न रियललाई मात्रै ३ जित आवश्यक छ भने बार्सिलोनालाई ४ जित । रियलले अब लगातार ३ पटक बार्सिलोनालाई हराए ऊ क्लासिको १०० पटक जित्ने पहिलो टोली बन्नेछ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १८:०३
Loading...