बार्यनको प्रभावशाली जितमा लेवान्डोस्कीको शानदार ह्याट्रिक

काठमाडौं, कात्तिक ८
स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले शानदार ह्याट्रिक गरेपछि जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा पाहुना टोली फ्रान्कफुर्टमाथि ५–० को एकपक्षीय जित निकाल्यो ।

घरेलु मैदानमा बार्यनलाई जिताउनेक्रममा पोलिस फरवार्ड लेवान्डोस्कीले ३ शानदार गोल गरे । त्यसैगरी, लिरोए सानेले १ गोल गरे भने जमल मुसिआलाले पनि गोल गरे । लेवान्डोस्कीले ३ गोलमा दायाँ खुट्टा र बायाँ खुट्टाले १–१ गोल गरे भने १ गोल हेडिङमार्फत् गरे ।

लेवान्डोस्कीले खेलको १०औं मिनेटमा पहिलो गोल गर्दा २६औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनले ६०औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरेका थिए । त्यसैगरी, सानेले ७२औं मिनेटमा गोल गर्दा जमलले ९०औं मिनेटमा गोल गरेपछि खेल बार्यनले ५–० ले जित्यो ।

अब यो जितपछि बार्यन ५ खेलबाट १२ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । पराजित फ्रान्कफुर्ट ८ अंकसहित छैटौं स्थाना रहेको छ ।

प्रकाशित मिति ८ कार्तिक २०७७, शनिबार २२:३२
Loading...