युरोपा लिगमा टोटनह्याम र लेस्टर सिटीको शानदार सुरुआत

काठमाडौं, कात्तिक ७
युरोपा लिग फुटबलअन्तर्गत नयाँ सजन २०२०–२१ को पहिलो खेलमा इंग्लिस क्लब टोटनह्यामले विजयी सुरुआत गरेको छ । गत राति भएको समूह ‘जे’अन्तर्गतको खेलमा टोटनह्यामले अस्ट्रियन क्लब लास्कलाई ३–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन लुकास मोउरा र हेङ मिन सनले १–१ गोल गर्दा १ गोल उपहारमा पायो ।

टोटनह्यामका लागि खेलको १८औं मिनेटमा लुकास मोउराले भिनिसियसको पासमा गोल गरेका थिए । त्यसपछि २७औं मिनेटमा लास्कका एन्ड्रेस एनड्राडेले आत्मघाती गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा २–० को सहज अग्रता बनायो ।

त्यसपछि टोटनह्यामले तेस्रो गोल गर्न खेलको अन्तिम समयमम्म संघर्ष गर्नु परेको थियो । खेलको ८४औं मिनेटमा सनले गोल गरेपछि खेल टोटनह्यामले जित्यो । सन ग्यारेथ बेलको स्थानमा ६२औं मिनेटमा मैदान छिरेका थिए ।

समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्लिस क्लब लेस्टर सिटीले युक्रेनको क्लब एफसी जार्यामाथि ३–० को एकपक्षीय जित निकाल्यो । लेस्टरलाई जिताउन जेम्स म्याडिसन, हार्भे बार्नेस र केलेची इहेयानाचोल १–१ गोल गरे ।

प्रकाशित मिति ७ कार्तिक २०७७, शुक्रबार ०८:१७
Loading...