रियल मड्रिड हार्दा जिदानले रोनाल्डोलाई यसरी सम्झिए

एजेन्सी, कात्तिक २
स्पेनिस फुटबल क्लब रियल मड्रिड शनिबार राति ला लिगाअन्तर्गत भएको खेलमा आफ्नै घरेलु मैदानमा पराजित भयो । सिजनको पाँचौं खेलमा रियललाई यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्याडिजले ०–१ गोलले स्तब्ध बनायो । रियललाई तुलनात्मक रूपमा कमजोर टोलीले हराएपछि रियलका खेलाडी र प्रशिक्षक जिनेदिन जिदानको आलोचना भइरहेको छ ।

गत राति आफ्नै घरेलु मैदानमा नयाँ टोलीसँग ०–१ ले अप्रत्यासित हारको सिकार भएपछि पत्रकार सम्मेलनमा सरिक हुनेक्रममा फ्रेन्च कोच जिदानले पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोलाई सम्झिए । पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै जिदानले रोनाल्डोलाई आफूले हार वा जित दुवैमा सधैं सम्झिने बताए । पत्रकारले रोनाल्डोले छाडेपछि रियलमा बढिरहेको कठिनाइको विषयमा प्रश्न राखेका थिए ।

‘क्रिस्टियानो हामीले हार्दा मात्रै सम्झिनुपर्ने व्यक्ति होइनन् । उनलाई हामी हार वा जित दुवैमा सम्झिन्छौं । हामीले जित्दा पनि उनलाई सम्झिन्छौं, गुमाउँदा पनि सम्झिन्छौं,’ जिदानले भने, ‘किनभने, उनी हिजोका हाम्रा साथी हुन् । उनी र हामीले लामो यात्रा सँगै गरेका छौं । व्यक्तिगत रूपमा मेरा लागि र रियल मड्रिडका लागि उनी सधैं विशेष हुनेछन् ।’

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार २१:३३
Loading...