बुफोनद्वारा नयाँ कीर्तिमान कायम

काठमाडौं, कात्तिक २
इटालियन क्लब युभेन्टसका भेट्रान गोलकिपर जियानुइजी बुफोनले इटालीको शीर्ष लिगमा नयाँ इतिहास रचेका छन् । उनी अब इटालीको लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । गत राति युभेन्टसले क्रोटोनेविरुद्ध खेल्दा गोलपोस्ट सम्हालेका उनले आफ्नो करिअरमा ६५०औं सिरी ए लिग खेल खेलेका थिए ।

र, सिरी ए लिगमा ६५० गोल खेल्ने बुफोन एक मात्रै खेलाडी हुन् । यसअघि यस लिगमा कुनै पनि खेलाडीले ६५० खेल खेलेका थिएनन् । हाल ४२ वर्षका पुगेका इटालियन गोलकिपर बुफोनले क्लबसँग सिजन २०२०/२१ को अन्त्यसम्मका लागि सम्झौता गरेका छन् ।

बुफोनले सन् १९९५ सालमा यस लिगमा पहिलोपटक डेब्यु गरेका थिए, जतिबेला उनी त्यसबेला पार्माका गोलकिपर थिए । पार्मापछि उनी सन् २००१ मा युभेन्टसमा अनुबन्ध भएका थिए । गत रातिको खेलअघि उनका नाममा इटालियन शीर्ष लिगमा ६४९ खेलको रेकर्ड थियो । यसअघि इटालियन लिगमा सर्वाधिक खेलको रेकर्ड पाओलो माल्दिनीका नाममा थियो । उनले आफ्नो सिंगै करिअर एसी मिलानमा बिताउनेक्रममा सिरी ए लिगमा कूल ६४७ खेल खेलेका थिए ।

यससँगै बुफोनले आफ्नो व्यावसायिक करिअरमा २४औं सिजन पनि पूरा गरेका छन । गत राति उनले यस सिजनको पहिलो खेल खेलेका थिए । ४२ वर्षका उनले फ्रेन्च क्लब पिएसजी र युभेन्टसबाट सिजन सिजन २००६–०७ मा लिग दोस्रो डिभिजनको लिगबाट खेलेको पनि तथ्यांक सामेल छ । बुफोनले हालसम्म आफ्नो करिअरमा कूल ९१७ खेल व्यावसायिक खेल खेलेका छन् । यसमा उनले इटालीको राष्ट्रिय टोलीबाट खेलेको १७६ गोलको तथ्यांक भने सामेल छैन ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार १४:१४
Loading...