ला लिगा : नयाँ टोली क्याडिजले रियल मड्रिडलाई उसकै घरमा हरायो

काठमाडौं, कात्तिक २
यसै सिजन ला लिगामा बढुवा भएको क्याडिजले डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई उसकै घरेलु मैदानमा हराएको छ । शनिबार राति रियलको घरेलु रंगशाला सान्टियागो बेर्नाबेउ रंगशालामा भएको खेलमा पाहुना टोली क्याडिजले रियललाई ०–१ ले स्तब्ध बनायो ।

यो हारसँगै रियलले नयाँ सिजन पहिलो हार व्यहोरेको छ । यसअघि उसले ४ खेलमा ३ खेल जितेर १ खेल बराबरी गरेको थियो । पाँचौं खेलमा अप्रत्यासित हार भोग्दा रियलले सुरुआती ५ खेलबाटै ५ अंक गुमाइसकेको छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार ००:११
Loading...