लेवान्डोस्की र मुलर चम्किँदा बार्यनको शानदार जित

काठमाडौं, कात्तिक १
स्टार खेलाडीद्वय थोमस मुलर र रोवर्ट लेवान्डोस्की चम्किँदा जर्मन लिग बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्यनले अवे मैदानमा यसै सिजन शीर्ष लिगमा बढुवा भएको अर्मानियालाई १–४ ले हरायो । बार्यनको जितमा मुलर र लेवान्डोस्कीले समान २–२ गोल गरे ।

यता, पराजित अर्मानियाका लागि खेलको ५८औं मिनेटमा रिस्तु डोआनले १ गोल गरेका थिए । पाहुना टोली बार्यन खेलको ७६औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । कोरेन्टिन टोलिसो सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए ।

बार्यनका लागि पहिलो गोल खेलको आठौं मिनेटमा मुलरले गरेका थिए । त्यसपछि २५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बार्यन ०–३ अघि भयो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमै बार्यनका लागि मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोली अर्मानिया ०–४ ले पछि परेको थियो । त्यसपछि घरेलु टोलीले १ गोल फर्कायो । ५८औं मिनेटमा अर्मानियाका लागि डोआनले गोल गरेपछि खेल १–३ मा आइपुग्यो । तर, त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्यनले १–४ ले जित्यो ।

अब यो जितपछि बार्यनले ४ खेलबाट ९ अंक बनाएर अंक तालिकाको दोेस्रो स्थानमा चढेको छ । बार्यन समान खेल खेलेको आरबी लेइपजिगभन्दा १ अंकले पछि छ । पराजित अर्मानिया ४ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार ००:०२
Loading...