आज म्यानचेस्टर सिटी र आर्सनलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, कात्तिक १
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ म्यानचेस्टर सिटी र आर्सनल आमनेसामने हुँदैछन् । सिजनको पहिलो लेगको खेलका लागि सिटीले आर्सनललाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुुसार आज राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा आर्सनल ४ खेलपछि ९ अंक जोडेर चौथो स्थानमा छ । उसले ४ मध्ये ३ खेल जितेर एक खेल हारेको छ । सिटी भने ३ खेल सकिँदा एकमा जित, एकमा बराबरी र एकमा हार गरेर ४ अंकसहित १४औं स्थानमा रहेको छ ।

आफ्नो घरेलु मैदानमा उत्रिँदा पेप ग्वार्डिओलाको टिम सिटीले पाहुना टोली आर्सनलमाथि स्पष्ट जित निकालेर यो सिजनको खराब सुरुआतलाई सुधार्र्ने दाउमा छ । सिजनको सुरुआत राम्रो गर्न नसकेको सिटी आज बलियो टिम आर्सनलविरुद्ध उत्रिँदा चर्को दबाबमा हुनेछ ।

सिटी र आर्सनलले पछिल्लोपटक गत सिजन एफए कपण्को सेमिफाइनलमा भिडेका थिए, जहाँ आर्सनलले सिटीलाई २–० ले हराएर उपाधि होडबाट आउट गराएको थियो । सो खेलपछि यी दुई टोली आज राति भिड्न लागेका हुन् ।

प्रिमियर लिगमा आज हुने खेलहरू :

एभर्टन भर्सेस लिभरपुल – साँझ ५ः१५ बजे

चेल्सी भर्सेस साउथह्यामपटन – राति ७ः४५ बजे

म्यानचेस्टर सिटी भर्सेस आर्सनल – राति १०ः१५ बजे

न्युक्यासल भर्सेस म्यानचेस्टर युनाइटेड – राति १२ः४५ बजे

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १४:००
Loading...