सिरी ए लिगमा आज चार रोमाञ्चक खेलहरू हुँदै

काठमाडौं, कात्तिक १
इटालियन सिरी ए लिग फुटबलमा आज विभिन्न चार खेलहरू हुँदैछन् । लिगका प्रमुख उपाधि दाबेदार टिमहरूले आज आ–आफ्नो खेल खेल्न लागेका हुन् । आज हुने चार खेलमध्ये दुई खेलमा धेरैको नजर हुनेछ । पहिलो खेल नापोली र एटलान्टाबीच हुनेछ । लिगका दुई बलिया टोली भिड्ने हुँदा यो खेल हेर्नलायक हुनेछ । यो खेल नापोलीको घरेलु मैदानमा हुनेछ ।

अर्को खेलमा मिलान डर्बी भिडन्त हुनेछ, जहाँ इन्टर मिलान र एसी मिलान सिजनको पहिलो खेल खेल्न आमनेसामने हुनेछन् । यो खेल इन्टर मिलानको घरेलु मैदानमा हुनेछ । आज हुने अर्को खेलमा साम्पडोरिया र लाजियोको खेल पनि हुनेछ । चौथो खेलमा क्रोटोने र युभेन्टसको खेल पनि हुँदैछ ।

आज हुने युभेन्टसको खेलमा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो टोलीमा हुनेछैनन् । कोरोना भाइरसबाट संक्रमित भएकाले उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् । आज युभेन्टको टोलीमा पाउलो डिबाला, अल्भारो मोराटासहितका खेलाडी हुनेछन् ।

आज हुने खेल नेपाली समयमा:

नापोली भर्सेस एटलान्टा – साँझ ६ः४५ बजे

साम्पाडेरिया भर्सेस लाजियो – राति ९ः४५ बजे

इन्टर मिलान भर्सेस एसी मिलान – राति ९ः४५ बजे

क्रोटोने भर्सेस युभेन्टस – राति १२ः३० बजे

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १३:०९
Loading...