ला लिगामा आज चार रोमाञ्चक खेलहरू हुँदै

काठमाडौं, कात्तिक १
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एकैदिन विभिन्न चार रोमाञ्चक खेलहरू हुँदैछन् । आज यो सिजन उपाधि होडमा प्रमुख दाबेदार रहेका टोलीहरूले आ–आफ्नो खेल खेल्न लागेका हुन् । जसमा सेभिल्ला, एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोनाका खेल हुनेछन् ।

हाल अंक तालिकामा रियल मड्रिड ४ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । ५ खेल खेलेको रियल बेटिस ९ अंकसहित दोस्रो स्थानमा रहँदा ५ खेल नै खेलेर ८ अंक बनाएको रियल सोसिडाड तेस्रो स्थानमा छ । त्यसैगरी, ३ खेल मात्रै खेलेको बार्सिलोना ७ अंकसहित पाँचौं स्थानमा छ भने ३ खेल खेलेर ७ अंक बनाएको सेभिल्ला छैटौं स्थानमा छ । ३ खेल नै खेलेको एथ्लेटिको मड्रिड मात्रै ५ अंक बनाएर १२औं स्थानमा छ ।

आजका खेल नेपाली समयमा

ग्रानाडा भर्सेस सेभिल्ला – अपराह्न ४ः४५ बजे

सेल्टा भिगो भर्सेस एथ्लेटिको मड्रिड – राति ७ः४५ बजे

रियल मड्रिड भर्सेस क्याडिज – राति १०ः१५ बजे

गेटाफे भर्सेस बार्सिलोना – राति १२ः४५ बजे

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०९:३७
Loading...