ला लिगा : आज गेटाफे र बार्सिलोना खेल्दै

काठमाडौं, कात्तिक १
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये गेटाफे र बार्सिलोनाको खेल हेर्नलायक हुनेछ । आफ्नो पाँचौं खेल खेल्न गेटाफेले आफ्नो चौथो खेल खेल्न बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि बार्सिलोनाले ३ खेल खेलेर ७ अंकसहित पाँचौं स्थानमा छ । उसले २ खेल जितेर १ खेल बराबरी गरेको छ । यता, ४ खेल खेलेको गेटाफेको खातामा पनि समान ७ अंक नै छ । उसले ४ मध्ये २ खेल जितेर १ खेल हारेको भने १ खेल बराबरी गरेको छ ।

आज अवे मैदानमा उत्रिँदा बार्सिलोनाको टोलीमा सबैजसो प्रमुख खेलाडी उपलब्ध हुनेछन् । बार्सिलोनाले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कप्तान लिओनल मेस्सी, एन्टोनी ग्रीजम्यान, फिलिपे कोउटिन्हो, अन्सु फातीसहितका खेलाडी समावेश छन् ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०७:४८
Loading...