लिग वान : आज राति निमेज र पिएसजी भिड्दै

काठमाडौं, असोज ३०
फ्रेन्च लिग वान फुटबलमा आज राति एक महत्त्वपूर्ण खेल हुँदैछ, जहाँ साबिक विजेता पिएसजी र निमेज आमनेसामने हुँदैछन् । पिएसजी लिगको सातौं खेल खेल्न निमेजको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा पिएसजी ६ खेलपछि १२ अंक बनाएर चौथो स्थानमा छ । पिएसजीले ६ खेलमा ४ खेल जितेर २ खेल हारेको छ । शीर्ष स्थानमा १४ अंक भएको रेनेज रहेको छ । आज पिएसजीलाई घरमा स्वागत गर्न लागेको निमेज ८ अंकसहित १३औं स्थानमा छ ।

टोलीका प्रमुख खेलाडी नेइमार र केलियन एमबाप्पे आज रातिको खेलमा उपलब्ध हुने सम्भावना छ । दुवै खेलाडी हालै अन्तर्राष्ट्रिय ड्युटीबाट क्लब फर्किसकेका छन् । नेइमारले विश्वकप छनौट खेलमा ह्याट्रिक गरेका थिए भने एमबाप्पेले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १४:५९
Loading...