बार्यनका खेलाडी भित्र्याउन सिटी र युभेन्टसको होड

एजेन्सी, असोज २९
इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखका डिफेन्डर डेभिड अल्बा भित्र्याउन चासो देखाएका छन् । सिटी र युभेन्टस दुवै अस्ट्रियाका २८ वर्षीय लेफ्ट ब्याक अनुबन्धमा अगाडि आउने तयारीमा रहेको चर्चा सरुवा बजारमा छ ।

अल्बा हाल बार्यनको टोलीमा एक प्रमुख खेलाडी हुन् । उनको खास पोजिसन लेफ्ट ब्याक भए पनि उनी विभिन्न पोजिसनबाट खेल्न सक्छन् । उनी राइट र लेफ् विङबाट पनि उत्तिकै प्रभावशाली ढंगले चल्न सक्छन् । विभिन्न पोजिसनमा असरदार तरिकाले खेल्न सक्ने खुबी भएका कारण पेप ग्वार्डिओलाको सिटी र आन्ड्रेया पिर्लोको युभेन्टस यी खेलाडीमा इच्छुक देखिएका हुन् ।

इटालियन मिडियाका अनुसार पिर्लो जनवरी विन्डोमा अल्बालाई भित्र्याउन गम्भीरतापूर्वक प्रयास गर्ने तयारीमा छन् । उनको अबको खेलाडी सरुवा सूचीमा अल्बा पहिलो रोजाइमा रहनेछन् । यता, सिटी यो समयका सबैभन्दा प्रभावशाली डिफेन्डरमध्येका एक खेलाडी भित्र्याउन युभेन्टससँग प्रतिस्पर्धा गर्ने तयारीमा देखिएको छ ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार २१:४५
Loading...