‘युरोपियन गोल्डेन ब्वाई’ अवार्डको फाइनल मनोनयन सार्वजनिक

काठमाडौं, असोज २९
बर्सेनि दिइँदै आएको प्रतिष्ठित युरोपियन गोल्डेन ब्वाई अवार्डका लागि टप–२० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । आयोजकले आज अन्तिम मनोनयन सूची घोषणा गरेको हो । यो युरोपभरबाट २१ वर्षभन्दा कम उमेरका एक सर्वोत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो । अवार्ड संस्थापक इटालीको प्रतिष्ठित खेल मिडिया ‘टुट्टो स्पोट्र्स’ हो ।

यस अवार्डका लागि यसअघि टप–१०० र टप–१० सूची सार्वजनिक गरेर अन्तिम सूचीका रूपमा टप–२० घोषणा भएको हो । १७ वर्ष अगाडि स्थापना भएको यो अवार्ड विजेतालाई भविष्यका उदीयमान स्टार खेलाडीका रूपमा लिइन्छ । गत वर्ष यो अवार्ड पोर्चुगल तथा स्पेनिस एथ्लेटिको मड्रिडका जुआओ फेलिक्सले जितेका थिए ।

यो अवार्ड एकपटक जितिसकेका खेलाडीलाई पुनः दोस्रोपटक दिइँदैन । यसपटक यो अवार्डका लागि नर्वे तथा बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड र डर्टमुन्डकै इंग्लिस स्टार जाडोन सान्चोलाई प्रमुख दाबेदार मानिएको छ । अघिल्लो महिना टप–४० सूची निकालिएको थियो । अब टप–२० बाट विजेता घोषणा गरिनेछ ।

Golden Boy 2020 final nominees in full:

Mitchel Bakker – PSG

Eduardo Camavinga – Rennes

Jonathan David – Lille

Alphonso Davies – Bayern Munich

Sergino Dest – Barcelona

Fábio Silva  – Wolverhampton

Ansu Fati – Barcelona

Phil Foden – Manchester City

Ryan Gravenberch – Ajax

Mason Greenwood – Manchester United

Erling Haaland – Borussia Dortmund

Callum Hudson-Odoi – Chelsea

Dejan Kulusevski  – Juventus

Rodrygo – Real Madrid

Bukayo Saka  – Arsenal

Jason Sancho –  Borussia Dortmund

Dominik Szoboszlai – Red Bull Salzburg

Sandro Tonali  – Milan

Ferrán Torres  – Manchester City

Vinícius Junior – Real Madrid

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार १६:५०
Loading...